दफा २७
मोहरबन्द प्याकेजको नाप तौलः
(१) मोहरबन्द प्याकेजमा रहेको वस्तुको नाप वा तौल स्पष्ट उल्लेख गरी लेबल लगाएको हुनु पर्नेछ। लेबल नलगाइएको मोहरबन्द प्याकेज कसैले बेच्न, बेच्न लगाउन वा बेच्ने उद्देश्यले राख हुँदैन ।

(२) मोहरबन्द प्याकेजमा लेबल बाहेक कुनै छुट्ै घोषणा वा जानकारी उल्लेख गर्नु पर्ने भएमा त्यस्तो घोषणा वा जानकारी समेत उल्लेख गर्नु पर्नेछ।

(३) मोहरबन्द प्याकेजको लेबलमा प्याकेजभित्र रहेको वस्तुको खुद परिमाण उल्लेख गर्दा बिक्री वितरणका लागि राखिएको त्यस्तो वस्तुको प्याकेज वा भाँडोको तौल बाहेकको परिमाण उल्लेख गर्नु पर्नेछ।

(४) मोहरबन्द: प्याकेजको स्टाण्डर्ड साइज, लेबल, घटी, बढीको हद, खुद र कुल परिमाण पत्ता लगाउने जाँचविधि तथा मोहरबन्द प्याकेज सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।